Websoft University

अख्तियारले छान बिन सुरु गर्यो


गाईघाट फागुन २३ गते । रातो तारा डट कम, कर्मचारीको मिलेमतोमा भबन निर्माणको लागि गरेको टेण्डर प्रकृयामा अनियमितता गरेको उजुरी पछि अख्तियारले उदयपुरको उदयपुरगढी गाउँपालिकामा छानबिन सुरू गरेको छ ।

गाउँपालिकाको भवनको दोस्रो तल्ला थप गर्ने, खानेपानी ब्यबस्थापन तथा अन्य मर्मत संंभार निर्माण संम्बन्धि छुट्टा छुट्टै दुईवटा कामको टेण्डर प्रकृयामा कर्मचारीबाट बदमासी भएको अख्तियामा उजुरी परेको थियो  । गत पौष १४ गते बोलपत्र आब्हान सम्बन्धी सुचना प्रकासित गरिएकोमा माघ १५ गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गर्ने समय तोकिएको
थियो ।

निर्धारित समयमा ७ वटा फर्महरूले मात्र बोलपत्र दर्ता गराएकोमा टेण्डर खोल्ने बेला १ वटा फर्महरूको बोलपत्र दर्ता भएको जानकारी भएपछि कर्मचारीको मिलीमतोमा बदमासी भएको तथ्य खुल्न आएको हो । “कर्मचारीले जबरजस्ती २ वटा टेण्डर फर्म समय सकिएपछि दर्ता गराएको हो । निर्माण ब्याबसायि सुनिल साहले भने  । आर्थिक चलखेलबाट समय सकिएपछि कसैलाई थाहै नदिई फर्म दर्ता गरिएको छ ।

उनले गाउँपालिकाका ओभरसियर ईश्वर थापाको मिलीमतोमा फर्म दर्ता गराउने काम भएको बताए । “थप दर्ता गरिएको फर्मको दररेट समेतमिलाएर निर्धारित समयपछि बिट गरिएको छ ”निर्माण ब्याबसायि गोबिन्द कार्कीले भने कर्मचारीको बदमासी बारे दुई निर्माण ब्याबसायिले अख्तियारमा लिखित उजुरी गरेपछि भवन निर्माणको सबै फाईल अख्तियारले तानेर छानबिन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मोहन बहादुर मगरले कर्मचारीले बद्मासी गरेकोले आन्तरिक छानबिन गरेको बताए । “मैले आफैले पनि छानबिन सुरू  गरेको छ । कर्मचारीबाट आर्थिक प्रलोभनमा परेर बद्मासी भएको हो उनले भने. अहिले अख्तियारले छानाबिन सुरू गरेकोले अनियमितता भए नभएको पछि जानकारी हुने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.