Websoft University

बिराटनगरमा मृगौला दिवश सम्पन्न


विराटनगर,जय कामत-फागुन २५ गते । रातो तारा डट कम,
फागुन २४ गते विश्व मृगौला दिवश नेपाल लगाएत विश्वभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । मृगौला दिवशको अवसर पारेर नेश्नल किड्नी सेन्टरले देशको विभिन्न जिल्लामा निशुल्क मृगौला परिक्षण कार्यक्रम तथा मुगौला संवन्धि जनसचेता कार्यक्रम आयोजना गरेको छ ।

केन्द्रले मृगौला दिवशको अवशरमा बिराटनगर, चितवन, दमौली लगायतका शहरहरुमा मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।  डाक्टरहरुको अनुसार खानपानमा हेलचक्र्‍याई, पनी लगाएतको तरल पर्दथको कमी भएपछि मृगौला विग्रने गर्दछ । रोग लागेको फस्टफेजदेखि नै  नियमित डायलिस गरे मृगौला फेरीदेखि काम गर्न सक्ने किड्नि विशेषज्ञ बर्षा श्रेष्ठको भनाई छ ।

सेन्टरमा उपचार गरिरहेका विरामीहरुले भने सरकारले नियमित डायलिसस्को लागि दिएको १ लाख रुपैया कमी भएको वताएका छन् । सरकारद्धरा प्रदान गरिएको अनुदान ३ महिना भित्र सकिने विरामीहरुको गुनासो रहेको छ ।

उनीहरुले सरकारले डायलिसको लागि स्थानिय स्थरमा सेन्टरको स्थापना गरी आजिवन निशुल्क डायलसिसको व्यवस्थ गर्न माग गरेका छन । मुगौला उपचार गर्नको लागि डायलसिस गर्न अर्थीक रुपमा विपन्न परिवारलाई अफ्ठायोरो भएको जिकिर गर्दै विरामीहरुले औषधीको पनि सरकारले नै निशुल्क व्यवस्था गरिदिनुपर्ने वताएछन् ।

हाल नेपालको कुल १० प्रतिशत जनसंख्यालाई मृगौला संवन्धि रोग भएको सन्टरको तथ्याङमा उल्लेख छ । जसमध्ये आधाले समेत मृगौलाको परिक्षण नगराएको र रोग लुकेर वसको अवस्थामा रहेको सेन्टरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.