Websoft University

तराईमा सुरु भयो बिषालु सर्पकाे बिगबिगी


रबिन्द्र बराल-रंगेली,माेरङ,फागुन ३० बुधबार । रातो तारा डट कम, तराईमा  गर्मी सगैैैब बिषालु सर्प हरुकाे बिगबिगी बड्न थालेको छ ।  तराई क्षेत्रमा फागुन महिना देखि असाेज महिना सम्म अत्यधिक गर्मि हुने माैसम मानिन्छ । 

 गर्मी र जाडाे हुनु स्वाभाविक कुरा हाे,  तर  अाठ महिनाकाे अवधिमा  भने   तराई क्षेत्रमा देखा पर्ने बिषालु सर्प हरुकाे पनि उत्तिकै भयभित हुने गरेकाे पाईएकाे छ।  तराई क्षेत्रमा बडि   देखा पर्ने बिषालु सर्पहरुमा गाेमन सर्प , करेत सर्प ढाेडिया सर्प , गन्गुहारी सर्प अत्यधिक मात्रामा घर  वरिपरि , खेतावारी हरुमा गर्मि महिना सुरु हुने बित्तिकै  देखा पर्ने गरेका छन ।

सर्वसाधारण हरु खेत बारीमा काम गर्न जाँदा , राति काे समयमा बाटाे तथा घर अागंनमा हिडडुल गरिरहेकाे अवस्था मानिस हरुलाई  घुडा देखि मुनि र खेतबारीमा काम गरिरहेका बेलामा हात तथा खुट्टामा सर्प हरुले टाेक्ने गर्दे छ । अाठ महिनाकाे अबधिमा माेरङकाे  रंगेली मा  रहेको जिल्ला  अस्पतालमा १सय ८७ जना महिला र १ सय १२ पुरुष  गरि जम्मा २ सय ९९ जना मानिस हरुलाई  बिसालु सर्प ले  टाेकेर उपचारका लागि  अाउने गरेका छन ।

रंंगेली अस्पतालमा   रंगेली नगरपालिका ,सुनवर्षि नगरपालिका ,रतुवा माई नगरपालिका  र धनपाल गाउँ पालिका सर्वसाधारण हरु उपाचारका लागि अाउने गरेका
छन ।
अस्पताल का मेशु डाक्टर उत्तम देव का अनुसार  बिषालु   सर्पले टाेकेकाे अवस्थामा सबैभन्दा पहिले मानिस लाई सर्पले टाेकेकाे ठाउँ काे पहिचान गरि त्यस ठाउँमा नरम र हलुका तरिकाबाट बाध्नु पर्ने हुन्छ ।

तर मानिस हरुले अध्याधिक मात्रामा बाधेर ल्याउने गर्ने गरेकाे र सर्पले टाेकेकाे ठाउँमा धारीलाे हत्या ले काटेर ल्याने गरेकाे उनले वताए । यदि त्यहि ठाउँमा सर्पले टाेकेकाे भए त्यहीँबाट सर्पकाे बीस सानाे भन्दा सानाे नलिबाट सर्पकाे बीस मानिसकाे शरीर भीत्र गएर अझ सर्पले टाेकेका बिरामी हरुलाई जटिल समस्य अाउने उनकाे डाक्टर बताउँछन् ।

सर्पले टाेके पछि मानिस हरुकाे मुटुको धड्कन बडेर जानू र अातिन नहुन सुझाव दिएका छन । बिषालु सर्पले टाेके पछि स्नायु प्रणाली ,मांसपेशी  रक्त संन्चारमा सबैभन्दा पहिले असर पर्ने गरेको र  सर्पले टाेके पछि मानिस हरु धेरै अातिएर डराउने गरेमा मुटुको धड्कन बडेर उनिहरुकाे मृत्युु हुने गरेको बताए । नेपाल सरकारले सर्पको टाेकाई निशुलक रुपमा भ्याक्सिन दिइने गरेकाेे छ ।

सर्पले टाेकेकाे सय जना  मान्छे मध्ये १ जनालाई मात्रै भ्याक्सिन काे अावस्यक्ता पर्ने गरेकाे उनलेे बताए ।  अरु लाई अस्पतालमा अाए पछि डर कम हुदै जाने र उक्त सर्पले टाेकेकाे ब्यक्ति लाई अाैषधिक अावस्यक्ता नपर्ने समेत बताए । २५ बर्ष देखि ७० बर्ष सम्मकाे पुरुष तथा महिला हरुलाई सर्पले टाेक्ने रंगेली अस्पताल काे तथ्यांक रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.