Websoft University

सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्न नहुने


काठमाडौँ, फागुन २२ गते । रातो तारा डट कम, सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले स्थानीय तहले आफूखुशी विद्यालय व्यवस्थापन समितिलाई गठन र विघटन नगर्न माग गरेको
छ ।

संविधानले माध्यमिक तहसम्म सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि विद्यालय व्यवस्थापन समितिमा अभिभावकको निर्णयको आधारमा नीतिगत काम हुनुपर्ने माग महासंघले गरेको हो ।

महासंघका अध्यक्ष कृष्ण थापाले आज आयोजित संवाद कार्यक्रममा प्रस्तुत गर्नुभएको अवधारणा पत्रमा तत्काल नै स्थानीय तहको स्रोत साधन र आवश्यक कानून नभएकाले अभिभावकलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले स्थानीय तहलाई शिक्षाको सम्पूर्ण अधिकार दिए पनि चाँडै नै कानून बनाएर स्थानीय तहलाई बलियो बनाई विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहको जिम्मामा विद्यालय व्यवस्थापन रहेको भएता पनि विद्यालय व्वयवस्थापन समितिमा अभिभावकलाई पनि समेट्नु पर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय तह र अभिभावक कसले गर्ने भन्नेमा प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो ।

भक्तपुरस्थित सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अभिभावकबाट विद्यालय सुध्रन नसकेको भन्दै जनप्रतिनिधिलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने विचार .व्यक्त गर्नुभयो ।
पूर्वसचिव महाश्रम शर्माले विद्यालय व्यवस्थापन समिति स्थानीय सरकारप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.