Websoft University

गायिका देवी धर्तिको आवाजमा “लाकुरीको बोट” भिडियोसहित


आर पोखरेल , काठमान्डौँ , फागुन ३० गते । रातो तारा डट कम,झझल्को डिजिटलको प्रस्तुतीमा सफल परियारको “लाकुरीको बोट” गायिका देवी धर्तिका सुमधुर आवाजमा  भिडियो सहित गीत युट्युवबाट सार्वजनिक भएको छ ।

सफल परियारको शब्द तथा थानेश्वर गौत्तमको  संगीतमा मरुभुमी नारायणको छायांकन र दिलिप रेग्मीको निर्देशन तथा सम्पादनमा सुजन शाही रहेको भिडियोलाई आर्कषक रुपमा गितीकथाको माध्यमबाट समेटिएको छ ।

युवायुवतीहरु मायाप्रेमको कुरालाई लिएर मार्मिक रुपमा शब्दको माध्यमबाट गीतमा समेटिएको छ । पखाईको पिडामा विछोडको चोटको ब्यथालाई गीतमा समावेश गरिएको छ । गाउँघरमा भोगेका पिडालाई आफुले शब्दको माध्यम बाट साँगीतिक कोशेली ल्याएको सफल परियारले बताए ।

“लाकुरीको बोट” गीतमा अमर थापा , अर्जुन पुन , र प्रेमिका लुइटेलको अभिनय रहेको छ ।
“लाकुरीको बोट” को भिडियो हेर्नुस।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.