Websoft University

ट्यांकर व्यवसायी, मजदुर आन्दोलित


झापा चैत्र १ गते । रातो तारा डट कम, नेपाल आयल निगमले सहमतिअनुसार काम नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन् । हिजोदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर इकाइ कार्यालय चारआलीले नेपाल आयल निगमअन्र्तगतका पम्पहरूमा सम्पूर्ण ढुवानी बन्द गरेको जनाएको हो ।

विसं २०७३ माघ ५ गते भएको सहमतिअनुसार १५ बूँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरेको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताउनुभयो ।

आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांक ट्रकमा लगिंग सिस्टम लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीले लगिंग सिस्टम लागू गरेपछि आयतन घटीबढीको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग गरेका छन् ।
––– 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.