Websoft University

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान शूरू


काठमाडौं,फागुन २६ गते । रातो तारा डट कम, १ नम्बर प्रदेशलाई किरात नाम राख्न दाबाव दिने उदेश्यले
किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा आज(सुक्रबार)देखि हस्ताक्षर अभियान शुरू भएको
छ ।

केन्द्रीय राजधानी काठमाडौ स्थित यायोक्खाको हेडक्वाटर कोटेश्वरबाट हस्ताक्षर अभियान शुरू भएको हो ।. अभियान उद्घाटन गर्ने क्रममा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राईले किरात कुनै एउटा जाति नभएर सभ्यता भएको बताए ।

किरात पूर्वी नेपालको भूगोलको नाम भएको बताउदै कार्यावाहक अध्यक्ष राईले भने ‘एक नम्बर प्रदेशको नाम किरात राख्दा कोही झस्किनुपर्दैन .’ प्रदेशको नामाकरण किरात राख्द देश विदेशबाट भूमिबासीहरू जुरूक्क उठेको राईको दावी छ ।

यायोक्खाले एक नम्बर प्रदेशहुनु अघिदेखि नै १४ जिल्लालाई किरात नामाकरण गर्नुपर्ने माग गर्दै आएका
 थिए । प्रदेशको नाम किरात राख्न दबाब दिने उदेश्यले २५ लाखभन्दा बढी हस्ताक्षर संकलन गरेर प्रदेशको
मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीलाई बुझाउने यायोक्खा महासचिव जिवन हाताचो राईले बताए ।

हस्ताक्षर अभियान यायोक्खा जिल्ला समिति इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ लगायतका जिल्लाहरू, भातृ संगठन किरात राई विद्यार्थी संघ, किरात राई युवा संघ लगायतले एकसाथ हस्ताक्षर अभियान शुरू गरेको यायोक्खा केन्द्रीय सदस्य तथा प्रचार विभागका सदस्य अर्जुन राईले बताए ।

किरात प्रदेश नामाकरणको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाइ सकेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता
शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका राष्ट्रिय पार्टीका नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यसैगरी एक नम्बर प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र
जनै प्रदेशसभा सदस्यहरूलाई ज्ञापनपत्र दिने, प्रदेशको राजधानी विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.