Websoft University

बेलका न.पा.ले तारजाली लगाउने काम सुरू


श्याम राई-गाईघाट फागुन २३ गते । रातो तारा डट कम,
जंगली जनाबरको आतंक रोक्न उदयपुरको बेलका नगरपालिकाले वडा नं. १ र २ मा बिद्युतीय धराप र तारजाली लगाउने काम सुरूगरेको छ ।

कोशाी बन्य जन्तु् आसपास क्षेत्रबाट आउने जंगली हात्ती अर्ना
हरिण नील गाई बदेल बाँदर र रतुवा लगायतका जनाबरहरूले
स्थानीय बासिन्दाहरूले लगाएको अन्नबाली नष्ट गर्ने र मानबीय क्षति समेत गर्दैै आएकेले उक्त क्षति नियन्त्रणको लागि नगरपालिकाले उक्त अभियान सुरू गरेको हो ।

नगरपालिकाको वडा नं. १ र २ मा सबैभन्दा बढी जंगली
जनाबरले दुःख दिदै आएकोले ती वडामा तारजाली लगाउने र
बिद्युत्तीय धराप थाप्ने काम सूरू गरेको मेयर दुर्गा थापाले बताए ।

स्थानीय बासिन्दाले लगाएको अन्नबालीमा बर्षेनी जंगली
जनाबरले ठूलो क्षति गरेको छ, मेयर थापाले भने स्थानीय
बासिन्दाले जंगली जनाबरको क्षति रोक्न पहिलो माग नै राखेकाथिए ।

उनले वर्षेनी जंगली हात्ती गाउँ छिरेर मानबीय क्षति
पुर्याउने गरेकोले अहिले नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम सुरू गरेको बताए ।

घना जंगल क्षेत्र आसपासका ती दूई वडामा करिब ५ कि.मी सम्म तारजाली र सोलारबाट करेन्ट प्रबाह गर्ने गरि बिद्युतीय धराप थाप्ने काम अघि बढेको मेयर थापाले बताए ।

कोशी टप्पु आरक्षणभित्रबाट त्रियुगा नदी हुदै बेलका नगरपालिकाको जंगल क्षेत्र हुदै तपेश्वरी,पुरन्दह भागलपुर,रामनगर टाँपु चन्द्र टाँपु,करैया,तल्तो बेलहा बानडाँडा,गलफडिया लगायतका क्षेत्रमा जंगली जनाबरबाट स्थानीय बासिन्दाले दुःख पाउने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.