Websoft University

राजनीतिक स्थायीत्व सगै लगानीको अबसर आयो- शेरधन राई


विराटनगर, चैत ५ गते । रातो तारा डट कम, प्रदेश नम्बर १ मा लगानीको बातावरण बनेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । आज लगानी बोर्डले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्रदेश नम्बर १ सहित देशै भर लगानीको बातावरण बनेको बताएका 
हुन् ।
तीन तहको निर्वाचन पछि देशमा राजनीतिक स्थायीत्व आएको बताउँदै मुख्यमन्त्री राईले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्ने बातावरण तयार भएको बताए ।
प्रदेश नम्बर १ मा कृषि पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने बातावरण बनेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकार लगानीकर्तालाई स्वागत गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘ हिजो चाहेर पनि लगानी गर्न सक्ने वातावरण थिएन’ मुख्यमन्त्री राईले भने ‘ तर बलियो सरकार बनेसँगै लगानीको वातावरण तयार भएको छ ।’
मुख्यमन्त्री राईले ठूला तर नेपाली लगानीकर्ताले गर्न नसक्ने परियोजनाकालागि मात्र राज्यले बिदेशी लगानीकर्तालाई अवसर दिने बताए । स्वदेशी लगानीकर्ताले गर्न सक्ने खालका योजनाहरुमा राज्य सरकारले रचनात्मक सहयोग गर्ने राईको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कृषि, पर्यटन र जलविद्युत क्षेत्रको विकासका निम्ती प्रदेश सरकार पूर्वाधार निर्माणमा लागेको बताए । त्यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले प्रदेश नम्बर १ लाई नमुना बनाउँनका निम्ती काम सुरु गरिएको बताए । 
प्रदेश सरकारको ध्यान विकास निर्माणमा केन्द्रित भएको बताउदै उनले योजनावद्ध रुपमा प्रदेश सरकारले काम सुरु गरेको बताए ।
कार्यक्रममा लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले ठूला र दिर्घकालिन महत्व राख्ने योजनामा काम गर्न सुझाव दिएका
 छन् । ९ सय मेघावाट क्षमताको अरुण तेस्रोको निर्माण कार्य सुरु हुन लागेको बताउँदै उनले जोगवनी किमाथाङका सडक पनि पूर्वाधार विकासको मुख्य आधार हुने बताए ।
कार्यक्रममा सहभागिहरुले स्वदेशीलगानीकर्तालाई राज्यले सहयोग गरेर लगानीमैत्री बातावरण निर्माण गर्न सुझाव दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.