Websoft University

चौविसे धनकुटामा किराँत कुसङ तङ्बे ५०८० मनाइयो


युवराज ठकुरी /सिंहदेवी,मोरङ चैत्र १ गते ।
रातो तारा डट कम,चौविसे गाउँपालिका-८बसन्तटार आइतबारे धनकुटामा किराँत कुसङ तङ्बे ५०८०को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन गरेर मनाइएको छ। 
   
किराँत धर्म तथा साहित्य उत्थान संघ चौविसे धनकुटा र उत्तरी मोरङ साहित्यिक मन्चको आयोजनामा भएको उक्त कार्यक्रम टेकबीर लिम्बूको सभापतित्व र हृदय थेगिमद्वारा संचालित उक्त कार्यक्रममा प्रमुख अतिथि किराँत धर्म तथा साहित्य उत्थान संघ धनकुटा जिल्लाका अध्यक्ष पुर्ण खजुम,विशिष्ट अतिथि साहित्यकार राज माङ्लाक, चौविसे गाउँपालिका-८का वडाध्यक्ष धनबहादुर लिम्बू , सन्देश तुम्बापो,युवराज ठकुरी अज्ञानी,सुक्र आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो।
         
साहित्यकार राज माङ्लाकले आफ्ना नयाँ कृति लिम्बूनी गाउँबाट दुई कविता,युवराज ठकुरी" अज्ञानी"ले दुई गजल ,सन्देश तुम्बापोले लिम्बू भाषामा खाली,गजल, सुक्र आङ्देम्बेले गजल र कबिन्द्र तुम्बापोले स्वागत मन्तव्य सगैं कविता र गजल प्रस्तुत गरेका थिए।
       
किराँत याक्थुम चुम्लुङले माघ देखि नयाँ वर्ष मान्ने गरेको भए पनि किराँत धर्म तथा साहित्य उत्थान संघले चाहिँ चैत देखि कुसङ तङ्बे ५०८० मान्ने गरिएकाले चैत एक गते शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरिएको संस्थाका सचिव टेकबीर लिम्बूले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.