Websoft University

प्रदेश १ को दुवै पदमा वाम गठबन्धन विजयी

 (रातो तारा डट कम का तर्फबाट दुबै जनालाई बधाईछ)

विराटनगर, माघ,२४ गते । रातो तारा डट कम,प्रदेश १ मा दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ । आज साँझ ५ बजे सम्पन्न भएको मतगणनामा वाम गठबन्धनबाट उम्मेदवार एमाले नेता खेम नेपाली र अगमप्रसाद बान्तवा राई विजयी भएका हुन् ।

दलिततर्फ एमालेका नेपाली ६ हजार २ सय ७० मत ल्याएर विजयी भएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८ सय ३२ मत प्राप्त गरे । उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको एक जनाको मत बदर भएको छ ।

त्यस्तै अपांगतारअल्पसंख्यक पदमा पनि वाम गठबन्धनकै एमालेका राई बिजयी भएका हुन् ।

राईले ६ हजार १ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । यो पदमा स्थानीय तहका १० र प्रदेशसभाका २ जनाको मत बदर भएको छ ।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई छन् ।

यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन् ।

१ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थनीय तहका प्रतिनिधि रहेका छन् । जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका थिए । विजयी उम्मेदवारलाई विहिबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.