Websoft University

मन्त्रालय उदघाटन


बिराटनगर, फागुन १ गते । रातो तारा डट कम, १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा बिभिन्न मन्त्रालयहरुको उदघाटन गर्ने क्रम जारी रहेकोछ ।

नेपालको संविधान अनुसार संघीय शासन व्यवस्था कार्यान्वयनका लागि आन्तरिक मामिला  तथा कानून मन्त्रालयको पनि हिजो बिधिवत रुपमा प्रदेश प्रमुखबाट  उदघाटन भएकोछ ।

अहिले प्रदेशमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय,उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय,र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सूचना तथा सन्चार मंन्त्रालय, सामान्य प्रशासन मन्त्रालयहरु जस्ता मन्त्रालयहरु बिराटनगरमा रहनेभएका छन ।

यस्का बिभिन्न गतिविधि र बिषय गत प्रशासन महाशाखाहरु रहने भएकाछन ।
हिजो भएको पत्रकार भेटघाटमा सबै संग परिचयको कार्यक्रम पनि राखिएको थियो

यि मन्त्रालयहरु सन्चालनका लागि काठमाण्डौंबाट कर्मचारीहरु समेत आइसक्नु भएकोले केहि मन्त्रालय संन्चालनमा आइसकेको हिजो भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.