Websoft University

कसाङ तामाङको मौलिक भाका “सिन्धु मेलम्ची हाम्रो गाउँ” (भिडियो सहित )सार्वजनिक


रोशन पोखरेल, विराटनगर, माघ २६ गते । रातो तारा डट कम,सफलता म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धुपाल्चोक जिल्लाको पर्यटनको विकाशको चिनारी स्वरुप कसाङ तामाङको पहिलो लोकदोहोरी सिन्धु मेलम्ची हाम्रो गाउँ बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ ।

गायक कसाङ तामाङ र  गायिका गितादेवीको आवाजमा रहेको गीतमा पर्यटन विकाश गर्नको लागी आफु जन्मेको ठाउँमा आउन आग्रह गरेका छन । स्वर्ग जस्तै प्यारो ठाउँ सिन्धुपाल्चोकको विभिन्न मठमन्दिर , गुम्वा र पर्यटकिय स्थाजनको बर्णन गितमा गरिएको छ ।

 गायिका गितादेवीले आफना दर्शक तथा श्रोतालाई सिन्धुपाल्चोक मा भएका प्रकृतिक सम्पदाको दृश्यावलोकन गर्नको लागी सबैलाई अनुरोध गरेकी छन ।  कसाङ तामाङको शब्द र  संगीत गितमा रहेको छ् ।  म्युजिक नेपालले सार्वजनिक गरेको म्युजिक भिडियोमा काजिश श्रेष्ठ, करिष्मा ढकाल, बविता श्रेष्ठ, र संजिव ठकुरीको अभिनय रहेको छ ।

रमेश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई शक्ति प्रजोल घिमिरेले सम्पादन र सागर गौत्तमले  छायांकन गरेका छन  ।

हेर्नुहोस भिडियो .

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.