Websoft University

प्रदेश संसदीय दलको नेतामा सांसद टंक आङबुहाङ र सरकारमा पार्टीको नेतृत्व गर्न इन्द्रबहादुर आङबो चयन भएका छन्


बिराटनगर माघ २५ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश संसदीय दलको नेतामा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सांसद टंक आङबुहाङ चयन भएका छन् ।

दलको नेता चयनमा विवाद देखिएको पार्टीको प्रदेश कार्यालय र संसदीय दलको बिहीबार विराटनगरमा बसेको बैठकले पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका आङ्बुहाङलाई नेता चयन गरेको हो ।

 प्रदेशसभामा एक स्वतन्त्र रुपमा निर्वाचितसहित १६ जना सांसद रहेको माओवादीले सर्वसम्मत रुपमा आङ्बुहाङलाई दलको नेता चयन गरेको पार्टीका प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले जानकारी दिनुभयो ।

पाँचथरबाट निर्वाचित सांसद इन्द्रबहादुर आङ्बोले पनि संसदीय दलको नेता दाबी गरेपछि माओवादीलाई नेता छान्न सकस परेको थियो । अहिले आङ्बोलाई प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर पठाउने सहमति जुटेको छ ।

निर्वाचनको बेला निस्कृय बसेर पार्टीविरोधी गतिविधिमा सक्रिय रहेका नेता गोपाल किरातीले आङ्बोलाई दलको नेता बनाउन खोजेको भन्दै असुन्तुष्टि चर्किएको थियो । किरातीमाथि कारबाहीको माग गर्दै पोलिटब्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई उजुरीसमेत गरेका थिए ।

विवादबीच आज विराटनगरमा जम्मा भएका नेताहरुले प्रदेश संसदीय दल र सरकारको जिम्मेवारी बाँडफाँड गर्ने सहमति जुटाएका हुन् । माओवादीले संसदीय दलको नेता र सरकारमा नेतृत्व गर्ने व्यक्तिबारे टुंगो लगाए पनि अन्य मन्त्री, उपसभामुख र दलको सचेतकबारे निर्णय गरेको छैन ।

 त्यसबारे नेकपा एमालेसँगको छलफलपछि निर्णय गरिने संसदीय दलका नेता आङ्बोहाङले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.