Websoft University

लिम्बू भाषा पठनपाठनलाई निरन्तरता दिन सांस्कृतिक कार्यक्रम

युवराज ठकुरी/सिंहदेवी,मोरङ माघ २३ गते । रातो तारा डट कम,केराबारी गाउँपालिका-२,सिंहदेवी मोरङमा रहेको पन्चकन्या आधारभूत विद्यालयले लिम्बू भाषा पठनपाठनलाई निरन्तरता दिन सहयोग सङ्कलन गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

२०४५सालमा स्थापित विद्यालयमा २०६४सालदेखि लिम्बू भाषा पठनपाठन सुचारु गरिएको विद्यालयका अध्यक्ष अटलसिङ लिम्बूले बताए ।राज्यले स्थानीय विषय अन्तर्गत मातृभाषा पठनपाठन गर्न अनुमति  दिएपनि शिक्षक दरबन्दी नदिएकाले भाषा शिक्षक निजी स्रोतमा राख्नुपर्ने बाध्यताले स्रोत झुटाउन गाह्रो परेको अभिभावकहरु बताउछ्न।
           
लिम्बू जातिको एकल बसोबास रहेको उक्त ठाउँमा कक्षा-५सम्मनै लिम्बू भाषा पठनपाठन हुने गरेको छ।आर्थिक सहयोग सङ्कलका लागि गरिएको सांस्कृतिक कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अटलसिङ लिम्बूको सभापतित्व र शिक्षक कविन्द्र लिम्बूको संचालन भएको थियो।
       
प्रमुख अतिथि निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृतबहादुर लिम्बू अतिथिहरु किराँत लिम्बू,बमप्रसाद चेम्जोङ,हस्ता लिम्बू,प्रेम लिम्बू,अन्जना लिम्बू ,आशबहादुर लिम्बू लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको औचित्य विद्यालयका प्रधानाध्यापक यमबहादुर ठकुरीले प्रस्तुत गरेका थिए। विद्यालयका छात्रछात्रा र जल्पा युवा क्लबका भाइबहिनीहरुले डेढ दर्जन गीतहरूमा नृत्य गरेर मनोरञ्जन दिलाएका थिए।
 
कार्यक्रममा रु 14,875 आर्थिक सहयोग सङ्कलन भएको शिक्षक नर्मिला लिम्बूले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.