Websoft University

पण्डित र थापा मन्त्रीमा नियुक्त- दुबै जनालाई बधाई छ


काठमाडौँ, फागुन ४ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित(मोरङ) लाई जनसङ्ख्या तथा वातावरण र थममाया थापा(म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा हिजो नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वा्चित उहाँहरुलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो । मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख एवं प्रंतिनिधिलगायत सहभागी हुनुहुन्थ्यो । रातो तारा डट कम को तर्फबाट दुबै जनालाई बधाई छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.