Websoft University

मतदान सकियो, मतगणना सुरु, आजै परिणाम आउने


विराटनगर,माघ २४ गते । रातो तारा डट कम, १ नम्बर प्रदेशमा राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ विराटनगरस्थित विरेन्द्र सभागृहमा आज बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो। आजै मतगणना सुरु हुने परिणाम आउने बताएकोछ।
मत गणना अहिले केहिबेरमै शुरु भएर साँझ ६ बजेसम्ममा मत परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । प्रदेश १ मा ९३ प्रदेश सभा सदस्य मतदाता रहेकोमा ९२ मत , १ सय ३७ स्थानीय तहका २ सय ७४ जना रहेकोमा २ सय ७२ मत खसेको क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले जानकारी दिए ।

प्रदेशसभामा संघीय लिम्बुवान मञ्चलका सांसद विष्णु तुम्बाहाम्फे मतदानमा सहभागी भएनन्। त्यस्तै स्थानीय तहका संखुवासभाका मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कट्वालको मृत्यु भएको थियो भने ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा सहभागी भइनन्।राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना सांसद भने यसअघि नै निर्विरोध निर्वा्चित भइसकेका छन् भने २ जना सांसदका लागि निर्वाचन भएको हो ।

अपांगता भएका वा अल्पसंख्यकबाट बाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु, यस्तै दलितबाट बाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका तर्फबाट विन विश्वकर्माले प्रतिस्पर्धा गर्दै छन् ।

बहुमतीय प्रणालीबाट निर्वा्चित हुने भएको कारण गठबन्धनका दुवै उम्मेदवारले जित्ने आँकलन गरिएको छ । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.