Websoft University

नेपाल स्वतन्त्र मुलुक हो चीन र भारत संग राम्रो सम्वन्ध हुनुपर्छ : पुर्व अर्थमन्त्री महत


बिराटनगर,माघ २१ गते । रातो तारा डट कम,नेपाल प्रेस युनियन मोरङले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै,नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री रामसरण महतले नेपाल स्वतन्त्र मुलुक हो, चीन र भारत संग नेपालको राम्रो सम्वन्ध हुनुपर्छ भन्नु भएकोछ ।

नेपाली कांग्रेसले नेपाली जनताको जनादेश भन्नु पर्छ भन्दै,अहिले सघीय संमरचना खर्चालु भएका देखिएकाले देशमा आर्थिक बृद्घि भन्दा उपभोग र सुबिधा बृद्घिमा सरकार लागेकोले यस्ता कुराले पछि नकारात्मक असरपार्दै जान्छ,त्यसैले सुबिधा भोगि प्रबृद्घिलाई कम गर्दै जानु राम्रो हो भन्नु भयो ।

अहिले आर्थिक अनुशासन कायम सरकारले गर्न सकेको छैन, प्रदेशमा जाने पैसा उपभोगको लागि हो कि बिकास मुखि हो भो प्रष्ट पारेर आर्थिक अनुशासन कायम गर्दा राम्रो हुने कुरा बताउनु भएकोछ ।

सरकारले दिन्छु भनेर स्रोत छैन भने कहाँबाट दिने त्यो परिपाटी राम्रो होइन भन्दै पत्रकारको प्रश्नको जवाफमा नेपाली कांग्रेसले चुनाव समिक्षा गर्ने र केन्द्रिय समितिको बैठकको छलफलबाट महाधिबेशन बोलाउने बिषयमा बहस छिटैहुने बताउनु भएको थियो ।

कार्याकको सभापतित्व प्रेस युनियन मोरङका अध्यक्ष मीन कुमार नवोदि श्रेष्ठ गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.