Websoft University

भृकुटीमण्डपमा कृषि प्रदर्शनी हुने


काठमाडौँ,फागुन १ गते । रातो तारा डट कम, कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने ध्येयले यही फागुनको ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्रा्ष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।

मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् ।

प्रदर्शनीका साथमा कृषिसम्बन्धी गोष्ठीसमेत हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सृजल भट्टराईले प्रदर्शनीमा पशुपालन, माछापालन, कुखुरापालन र डेरीका उत्पादनसमेत रहने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.