Websoft University

धारा निर्माण गर्न दाता दाताको सहयोग


काठमाण्डौं,माघ २६ गते । रातो तारा डट कम, अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।

स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो । करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो ।

पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।

साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताउनुभयो । यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.