Websoft University

विद्यालयमा ट्राफिक शिक्षा प्रधान गरिदै


ललितपुर, माघ १८ गते । रातो तारा डट कम, महानगरीय ट्राफिक प्रहरी ललितपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरेर सचेतना कार्यक्रम थालेको छ ।

१७ गते आयोजना गरिएको ‘विद्यालयमा ट्राफिक शिक्षा’ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक दुर्घटनाबाट धेरै व्यक्तिको मृत्यु हुने भएकाले बालबालिकामार्फत ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालबालिकाले आफूले सिकेका कुरा आफू पनि पालना गर्छन् र परिवारमा पनि सिकाउँछन् ।” जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले ट्राफिक नियमका कुरा विद्यालयको पाठ्यक्रममा पनि समेट्नुपर्नेमा जोड दिनुभयो । प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले प्याब्सनले पनि आगामी दिनमा बालबालिकालाई ट्राफिक शिक्षा दिने बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी उपस्थित थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.