Websoft University

सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता शुरु


विराटनगर, माघ ५ गते । रातो तारा डट कम,१० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता आव बिहिकारखेदि विराटनगरमा शुरु भएको छ ।

मोरङ जिल्ला सफ्ट टेनिस संघको   आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा  प्रतियोगिता भइरहेको छ ।

 राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेको प्रतियोगितामा पाँच विकाश केन्द्र र दुई विभागीय  जनपथ र शसस्त्र प्रहरीका  खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि रहेको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डवल, मिक्स डवल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेलहरु समावेश गरिएको छ । हिजै महिला एकलको पहिलो चरणको खेलहरु सम्पन्न भएको ।

तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.