Websoft University

सिलवाल आतंकित पार्न खोज्ने सबै प्रहरीलाइ नयाँ बन्ने सरकारले कारर्वाहीको घेरामा राख्ने


काठमाडौं, माघ १२ गते । रातो तारा डट कम,
ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडिआइजी नवराज सिलवालमाथि ज्याद्धती गर्ने प्रहरी प्रमुखदेखि सवै बरिष्ठ अधिकारीमाथि आगामी सरकारले छानविन र कार्वाही गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पटक पटक आफूलाई मार्न खोजेको तथ्य सिलवालले सार्वजनिक गरेपछि भावी प्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सिलवालमाथि ज्याद्धतीमा संलग्न सवै प्रहरीमाथि छानविन र कार्वाहीको घोषणा गर्नुभएको हो । ओलीले प्रहरी महानिरीक्षकको बढुवामा भएको किर्ते गर्नेमाथि पनि छानविन गरी कार्वाही गर्ने बताउनु भयो ।

‘नवराज सिलवालले असुरक्षित छु भन्ने कुराको अनुभूति गर्नुभएको छ, त्यो निराधार देख्दिन म । किर्ते भन्ने कुरा छ, त्यस विषयमा नयाँ बन्ने सरकारले यी कुराको यथार्थमा छानबिन गर्नेछ । नेपालमा अनेक अपराधी फरार छन् । सरकार कानमा तेल हालेर सुतेको छ,’ ओलीले भन्नुभयो, ‘उहाँ छानिएको माननीय सांसद हो, उहाँलाई छापा मार्न १ सय ६५ प्रहरी पठाइएको छ, शपथ लिन त आउला, भाग्दा देशको ढुकुटी लिएर भागेको त छैन होला, यो तमासा किन सरकारले गर्दै छ ।’

ओलीलेसरकार र प्रहरीबाट भएको ज्याद्धतीलाई तानाशाही कामको पराकाष्टाको संज्ञा दिनुभयो । ‘पहिला प्रक्राउ गर्नू भन्ने, उहाँका परिवारलाई अनेकन किसिमले आतंकित पार्ने काम गर्नु, उनलाई धम्क्याउनु, हाम्रो फलानालाई हराउन पाइन्छ भन्नु, हराउनेलाई देखाइदिन्छु भन्ने जस्ता क्रियाकलापले गर्दा उहाँको आशंका ठीकै देखिन्छ । यो काण्ड यहाँबाट सुरु भएको होइन, डिआइजीमा बढुवा भएदेखिकै हो, अव यस्तो गर्नेहरुलाई छुट हुन्न, कार्वाहीमा पर्छन,’ ओलीले भन्नुभयो । (अनलाइन बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.