काठमाडौं, माघ ५ गते । रातो तारा डट कम,
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका – ६ सखुवामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।
तातोपानीबाट सिन्धुपाल्चोकको बाह्रबीसेका लागि छुटेको ना १ च ९९५० नम्बरको जीप सखुमा दुर्घटना हुँदा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, पासाङ तामाङ रसमीक्षा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रको धुलिखेल अस्पतालमा मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ।
Post a Comment