काठमाडौँ, पुस २५ गते । रातो तारा डट कम, निर्वाचन आयोगले कलसेन्टरमार्फत करिब १० हजार मतदाताको मतदानसम्बन्धी गुनासो सम्बोधन गरेको छ । आयोगले स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताका १० हजार ४६९ गुनासोलाई कलसेन्टरमार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी मतदाताको नामवालीसम्बन्धीमा चार हजार ५०४ जिज्ञासा सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी दुई हजार ५१२, आचारसंहितासम्बन्धी २६९, निर्वाचन मतदान प्रक्रियाबारे २२२, आयोगको वेभसाइटबारे ८९ र सुरक्षाका बारेमा सात तथा अन्य दुई हजार ८६६ जिज्ञासा सम्बोधन गरेको हो ।
आयोगले पहिलोपटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कलसेन्टरको शुरुवात् गरिएको
थियो । स्थानीय तह निर्वाचनअघि वैशाख १५ देखि मंसिर मसान्तसम्म आयोगले कलसेन्टर सञ्चालन गरेको थियो । बिहान ८ बजे देखि साँझ ८ बजेसम्म छवटा बुथमार्फत आयोगले मतदाताका गुनासोलाई सम्बोधन गरेको थियो ।
Post a Comment