Websoft University

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने्विरुद्ध आरोपपत्र दायर


काठमाडौँ, पुस २७ गते । रातो तारा डट कम, कैलाली टीकापुरमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता श्रेस्ता कायम गर्ने मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडाँैमा आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानका क्रममा मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख नासु लोकबहादुर रावल, नासु मोहनबहादुर रसाइली, खरिदार जग्गेप्रसाद उपाध्याय र टीकापुर नगरपालिका वडा नं ५ का बासिन्दा रामजी शाहको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता श्रेस्ता कायम भएको भेटिएको आयोगले जनाएको छ ।

आपसी मिलेमतोमा सार्वजनिक जग्गा रामजी शाहको नाममा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जासमेत प्राप्त गरेको देखिन आएकाले निज तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिम कसुर गरेको देखिन आएकाले निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय माग दाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो ।

यसैगरी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरी लिने रामजी शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसुर गरेको देखिन आएकाले शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को आधारमा २२ बमोजिम सजाय हुन माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.