Websoft University

घूससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ


पोखरा, मंसिर २७ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले हिजो नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ ।

ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ गरी अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो । केही दिनअघि कार्यालयले सिँचाइ कार्यालयका एक इन्जिनियरलाई पनि घूससहित पक्राउ गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.