काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घरदैलो) कार्यक्रमपछि आज आयोजित सभामा उहाँले जनताले उक्त गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।
नेता श्रेष्ठले निर्वाचन अगाडि संयुक्त वाम गठबन्धनद्वारा जारी गरिएको चुनावी घोषणापत्र कार्यान्वयन गरिने बताउनुभयो । उहाँले काठमाडौँ–कलंकी तथा कलंकी–बल्खु खण्डको सडक विस्तारको कार्यले त्यस क्षेत्रका जनतालाई धुवाँ, धुलो, प्रदूषणको समस्या भएकोमा चिन्ता व्यक्त गर्दै उक्त सडक निर्माण कार्यलाई चाँडो पूरा गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो ।
स्थानीय विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न सकिने उहाँको भनाइ थियो ।
Post a Comment