Websoft University

इलामलाई देशकै नमुना जिल्ला बनाइने अठोट



इलाम,  मंसिर २६ गते । रातो तारा डट कम, नवनिर्वा्चित सांसद सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा वाम गठबन्धनद्वारा २५ गते आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो “जनताको मतले हामीले चुनाव जितेका हौँ, अब तिनै जनताका आवश्यकता र माग पूरा गर्ने हाम्रो पहिलो दायित्व हो ।”
पाँच वर्ष्भित्र इलामलाई देशकै नमुना जिल्ला बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले घोषणापत्रमा उल्लेख भएबमोजिम विकास र पूर्वाधार निर्माण गरिने छ भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभा–२ (क) सदस्य राम रानाले यस क्षेत्रका १० हजार युवालाई रोजगारीको सुनिश्चितता गरिने, शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षालयको निर्माण गर्ने तथा उद्योग कलकारखानाको स्थापना गरेर गरिबी उन्मूलन गर्ने खालका नयाँ कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

प्रदेशसभा–२ (ख) सदस्य धीरेन्द्र शर्माले आफूले जितेको क्षेत्र कर्णाली जस्तै भएकाले त्यसको विकास र समृद्धिमा आफू कटिबद्ध रहने दृढता व्यक्त गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.