Websoft University

प्रतिष्प्रर्धी उम्मेदवारले २ नम्बरमा भ्रमको खेती गरे : ऋषिकेश पोखरेल


किशोर विश्वकर्मा- विराटनगर, मंगसिर २ गते । रातो तारा डट कम,मोरङ क्षेत्र नम्बर २ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले आफ्ना ‘टुरिष्ट’ प्रतिस्पर्धीले जनतामा भ्रमको खेति गर्न खोजेका आरोप लगाएका छन् । सोहि क्षेत्रको रतुवामाई नगरपालिका सातमेडी स्थित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने‘ मेरा कांगे्रसका प्रतिष्पर्धी उम्मेदवारले म सिधै मन्त्री हुने मान्छे यस क्षेत्रको काया पलट गरिदिन्छु भनेर भाषण गरेर जनता झुक्याउदै हिडेको सुनेको छु, मुलुकमा बहुमत वाम गठबन्धनको बहुमत आउँछ अनि कसरि उनी मन्त्री बन्छन् तपाई आफै विचार गनुस् । पोखरेलले आफुहरु स्थानिय धर्तिपुत्र भएकाले सो क्षेत्रका तमाम समस्याका विषयमा जानकार रहेकाले उक्त क्षेत्रको विकासलाइ तीब्र गतिमा अगाडि बढाउन आफु सदैव लागि पर्ने भएकाले तपाइहरुले मलाइ भोट दिनुपर्छ भन्नु भयो ।
 .
नेकपा एमाले मोरङका सचिव तथा सो क्षेत्रका पूर्व सांसद समेत सहेका पोखरेलले २२ वर्ष सम्म कांग्रेसले शासन गरेको सो क्षेत्रका उक्त अवधिमा कुनैपनि विकास नभएपनि आफु निर्वाचित भएको ३ वर्षमै प्रयाप्त विकास निर्माण कार्यह? भएको बताए उनले आफ्नो कार्यकालमा अलपत्र अवस्थामा रहेको झुर्कियाको स्वास्थ्य चौकि अहिले सुविधा सम्पन्न बनाएको, नेपालमै पहिला पल्ट ३ वटा राजमार्गह? स्वीकृत भएर कार्यान्वयन भएको तथा बक्राह नदि नियन्त्रका लागि साढे चार अर्व बजेटको परियोजना समेत अगाडी बढेको बताए ।
.
उनले आफुले काम गरेको ३ वर्ष अवधिमा उक्त क्षेत्रका सम्पुर्ण मुख्य सडकह? स्तरोन्नति भएको समेत बताए उनले आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेदवार मिनेन्द्र रिजाल
तर्फ इंगित गर्दै सो क्षेत्र सँग कुनैपनि किसिमको साइनो नभएको व्यक्तिले विकासको बाढी ल्याइदिन्छु भनेर जनतालाइ भ्रममा पारिरहेको दावी गरे ।

उनले स्थानिय क्षेत्रको विकास, स्थायी सरकार निर्माण र मुलुकको समृद्धिका लागि पनि बाम गठबन्धनलाइ विजयी गराउन आग्रह गरे । सभामा सोही क्षेत्र (क) का प्रदेशसभा सदस्यका उम्मेदवार क. गणेश उप्रेतीले आफुहरू स्थानिय भएकाले स्थानिय समस्या सँग परिचित रहेकाले क्षेत्रको सम्पुर्ण विकासका लागि बाम गठबन्धनलाइ मत दिएर विजयी गराउन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका पोटिल व्यूरो सदस्य समेत रहेका नेता उप्रेतिले मुलुकका दुई ठुला बाम पार्टी एकताको प्रकृयामा रहेकाले निर्वाचनलाइ पनि यसै सँग जोडेर हेरिनुपर्ने बताए ।

उनले स्थायी सरकार निर्माण गरि मुलुकलाइ समृद्धिको दिशामा आडि लैजानका यो निर्वाचन अन्तिम लडाई भएको बताए । सो अबसरमा नेपाली कांग्रेस परित्याग गरि दर्जनवढी स्थानिय वाम गठबन्धनमा प्रवेश गरेका छन् । न्वप्रवेशीलाई उम्मेदवार दोय पोखरेल र उप्रेतिले टिका लगाई स्वागत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.