Websoft University

मोरङमा वाम गठबन्धनका नेता काग्रेस उमेद्वारको घरमा भेटिए ? ‘नेता विकेपनि जनताले हामीलाई भोट हाल्छन


अर्जुन जम्नेली राई-मोरङ, मंसिर १० गते । रातो तारा डट कम, निर्वाचन प्रयोजनको लागि विराटनगरको नोबेल अस्पताललाई प्रयोग गरेको,आचारसंहिता उंलघन गर्दै विजुलीको पोल बाँडेको,विभिन्न सडकहरु ग्रावेल गरेको भन्दै विवादमा आएका नेपाली कांग्रेसको तर्फबाट मोरङ ३ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य सुनिल शर्माले स्थानीय वामपन्थि नेताहरुलाई किन्न खोजेको कार्यकर्ता वीच चर्चा सुरु भएकोछ ।
प्रतिनिधि सभा सदस्यको लागि मोरङ—३ मा वामपन्थीको तर्पबाट एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल र नेपाली कांग्रेसको तर्फबाट डा सुनिल शर्मा प्रतिष्प्रर्धी रहेका छन् ।स्थानीय तहको निर्वाचनमापार्टीहरुको तर्फबाट वडा अध्यक्षले प्राप्त गरेको मत जोड्दा अन्तर फराकिलो भएपछि कांग्रेस उमेद्वार सुनिल शर्मा निक्कै ठूलो धनराशी खर्च गर्दै निर्वाचनको तयारीमा जुटिरहेका छन् ।

विराटनगरको नोवेल अस्पतालका सञ्चालक समेत रहेका शर्माले मनोन्वयन दर्ताहुनु अघि देखिनै ३ नम्बर क्षेत्रमा नि शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै उपचार समेत पुरै छुटमा गर्दै आएका थिए । ३- नम्बर क्षेत्रमा
पर्ने कानेपोखरी गाउँपालिकाका विभिन्न वडामा विद्युतको पोल वितरण गरेको, पथरीशनिश्चरे नगरको विभिन्न वडाहरुमा सडकहरुमा ग्रावेल गरेको भन्दै वाम गठबन्धनले विरोध गर्दै आएका थिए ।

पछिल्लो समयमा वाम गठबन्धनका स्थानीय नेताहरु केहि पत्रकार डा सुनिल शर्माको घरमा भेटिन थालेको प्रसंगले आन्तरिक रुपमा छलफलको बिषय बनेकोछ । पथरीशनिश्चरे नपा, कानेपोखरी गापा क्षेत्रमा प्रतिनिधि सभामा
कहिले नजितेका कांग्रेस उमेद्वार शर्मा यो पटक धनराशीकै बलमा निर्वाचन जित्ने प्रयासमा लागेको देखिन्छ ।

सुनिल शर्माको घरमा गठबन्धनका केही नेताहरु गएको चर्चा
तल्लो तहका कार्यकर्ताहरु सम्म अहिले फैलिएकोछ । आज(शनिबार) भएको पत्रकार भेटघाटमा वाम गठबन्धनका प्रतिनिधि सभा सदस्यका उमेद्वार भानुभक्त ढकालले नेता बिकिहालेपनि कार्यकर्ताले भोट गठबन्धनलाई नै दिने आफुले बिश्वास गरेको बताएका छन । .

माओवादी केन्द्रकी ३ नम्बर क्षेत्र प्रदेशसभा (क)को उमेद्वार
गीता तिम्सिनाले शर्मासँग एमाले र माओवादी केन्द्र दुवैतर्फका स्थानीय नेताहरु गएको हल्ला चलेपनि खास असर नपर्ने बताएकी छिन ।. पूर्व सांसद तथा ३-नम्बर क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक चण्डीप्रसाद राईले वाम
गठबन्धनका नेताहरु शर्माको घरमा गएको चर्चा चलेपनि कुनै नेताले सुनिल शर्माको भोट मागेको नपाइएकोले गठबन्धनलाई कमजोर पार्न चलाएको हल्ला मात्र हुनसक्ने बताए ।

कांग्रेस उमेद्वार शर्मासँग भने फोन सम्पर्क हुन सकेन हजार मतले गठबन्धन अगाडि स्थानीय तहको निर्वाचनको मतलाई हेर्ने हो भने प्रतिनिधि सभामा वाम गठबन्धन अगाडिरहेकोछ ।पार्टीको तर्फबाट वडा अध्यक्षले पाएको मतलाई हेर्दा उक्त क्षेत्रमा एमाले माओवादीको मत ३ हजार ७४७ छ ।. नेपाली कांग्रेसको २ हाजर ३४ मत रहेको छ ।

वाम गठबन्धनको साझा उमेद्वार गीता तिम्सिनासँग
कांग्रेसको सुयर्मा राई भिड्दै छन् ।  स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने  गठबन्धन अगाडि छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.