Websoft University

स्वच्छ, स्वतन्त्र निर्वाचनका लागि वातावरण बनाउनुस् – प्रमुख आयुक्त



काठमाडौँ, कात्तिक ३० गते । रातो तारा डट कम,
 प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र, संघीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगतको उल्लेखनीय भूमिका रहेको हुँदा त्यसको संरक्षण तथा संवद्र्धनमा आवश्यक ध्यान पु¥याउन पत्रकारलाई आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघले हिजो आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन’ विषयक कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगबाट सफल तुल्याउने वातावरण निर्माण गर्न पत्रकारलाई सुझाव दिनुभयो ।

सञ्चार माध्यमबाट देशलाई निर्वाचनमय बनाइदिन प्रत्येक सञ्चारगृहको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकार महासंघलाई जिल्ला शाखाका माध्यमबाट निर्वाचन शिक्षामा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको अहिलेको मुख्य प्राथमिकता निर्वाचन भएकाले त्यसमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले निर्वाचनका क्रममा बालबालिका प्रयोग तथा विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारलाई विशेष पास उपलब्ध गराउन सम्भव नरहेको हुँदा सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा निर्वाचन अधिकृतसँग सहकार्य गरी सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झवीन्द्र भुसालले स्थानीय निर्वाचनमा जस्तै आगामी निवार्चनका लागिसमेत काउन्सिलले सञ्चारगृहका विषयवस्तुमा अनुगमन शुरु गरिएको बताउनुभयो ।

महासंघका महासचिव रमेश विष्टले सञ्चार जगत आफँैमा निर्वाचनको सुपरिवेक्षक तथा सूचनाको संवाहक रहेकाले सूचना जनतासम्म पु¥याउन उपयुक्त वातावरण निर्माण गर्न सबैलाई आग्रह गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.