रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २७ गते । रातो तारा डट कम,माेरङकाे सुनवर्सि नगरपालिका ५ स्थित झुङगी टाेल चाेक नजिकै दुईवटा खुट्टा पाेलियाे राेगबाट अपांग भए पछि मानिक चन्द ऋिषिदेव अहिले अाफ्नाे ७ जनाकाे परिवार पाल्न मुस्किल भईरहेकाे छ ।
अाफु पाँच बर्षकाे उमेरमा सामान्य खुट्टा दुख्ने समस्या बाट पीडित भएका थिए। घरकाे अार्थिक स्थिति निकै दैनिय भएको कारण समयमै उपचार नहुदा अहिलेसम्म दु:ख भाेगीरहेका छन । ४० बर्ष अगाडि पाेलियाे राेगले उनकाे दुईवटै खुट्टा गुमाउनु परेको छ ।
सामन्य परिवारमा जन्मिएका मानिक चन्द ऋिषिदेव काे घरमा अामा पाेसिया देवी ऋिसिदेव, बुबा धनाई ऋिषिदेव,श्रीमती ललिता ऋिषिदेव,र दुई छाेरी, एक छाेरा गरि ७ जनाएको परिवार दु:ख गरेर पालिरहेका छन ।
६ बर्ष अगाडिदेखि उनले एउटा साने साईकल मर्मत गर्ने दाेकान खाेलेर अाफ्नाे परिवार पालिरहेका छन ।उनलाई उक्त साईकल दाेकान खाेल्नकाे लागि लुथरन समुदायक कल्याण समाजले ४ हजार रुपैयाँ चन्दा दिएर साे साईकल दाेकान खाेलेका छन । बार्षिक ५ हजार रुपैया भाडामा लिएर दस धुर जग्गामा सानाे घर बनाएर बसाेवास गरिरहेका छन ।
उनले एक दिनम साईकल मर्मत गरे बापत २ सय रुपैया देखि ३ सय रुपैयाँ सम्म कमाउने गरेका छन । एक जनाकाे कमाईले सात जनाएको परिवार पाल्न बाध्य भईरहेका छन । मानिक चन्द भन्छन अाफु अपांग छु अामा,बुबा काम पनि गर्ने सक्नु हुन्न , श्रिमती कहिलेकाही जन मजदुरी गर्ने जान्छिन, जेठि छाेरी ७ बर्षकि छन,माईली,६ बर्ष र छाेर २ बर्षकाे छ।
एउटाको मात्रै कमाई दिनमा २सय देखि ३ सय रुपैयाँ सम्म मात्रै कामई हुन्छ । छाेरा,छाेरी लाई धेरै पठाउन नसके पनि यसाे दुई चार अक्षर भए पनि पढाउनै पर्याे कापी ,कलम,लुगा किन्दीनै पर्ये , जन्म दिने अामा बुबा पाल्नै पर्ये कसरी पाल्नु परिवार भन्दै अाँखा बाट अासुका धारा बगाईरहेका छन ।
अन्तै काम गर्ने जाै भने दुवै खुट्टा अपांग भएको छ ।कसैले काम पनि दिदैन्न । नेपाल मा गरिव असाय हरुकाे हक हित गर्ने भनेर एन्जिव,अाएनजीव विभिन्न संध स्था भएता पनि त्याे बाेल्ने मानिसहरुकाे मात्रै रहिछ ।न बाेल्ने काे काेपाे हुदाेरहिछर ? भन्दै ऋिसिदेव परिवार बिलाैना गरिरहेका छन । याे तस्बिरमा हेर्ने सक्नु हुन्छ ।यी मानिक चन्द काे दु:ख र पिडाहरु ।
Post a Comment