Websoft University

बोन म्यारो बिरवलको लागि प्रियसी म्युजिकद्धारा आर्थिक सहयोग


रोशन पोखरेल,विराटनगर असोज २७ गते ।
रातो तारा डट कम,बोन म्यारो बाट ग्रसित भोजपुरका विरबल तामाङको उपचारका लागी उपचारका लागि सहयोग जुट्न थालेको छ ।

विरवलका लागी काठमान्डौको प्रियसी म्युजिक प्रा ली कि निर्देक बविता श्रेष्ठ र भरत काम्मु मगरको नवल परासीलबाट उनको उपचारको लागी भनेर नगद १ लाख रुपैया उपचारमा सहयोग पुगोस भनेर सहयोग गरेको प्रियसी म्युजिक प्रालीकी कार्यकारी निर्देशक बविता श्रेष्ठले जानकारी दिनुभयो  ।

आर्थिक अभावका कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि विरवल तामाङका आफन्तहरुले उनको जिवन रक्षा गरिदिनको लागी सञ्चारकर्मि तथा आम नेपाली दाजुभाई तथा दिदि बहिनीको लागी आग्रह गरेको छ ।

काठमान्डौको सिभिल अस्पतालमा हाल उपचार गराइरहेका उनको आर्थिक अवस्था अत्यन्त कमजोर र  आफनो सम्पुर्ण सम्पुर्ण सम्पति खर्च गर्दा पनि उपचार गर्न असम्भव भएका कारण सहयोगी हात अगाडि बढाउनको लागी उनले आग्रह गरेका छन ।उहाँको उपचारमा हाल सम्म भरत काम्मे मगर बाट २३००० , प्रियसी म्युजिक प्रा ली बाट नगद २४००० एम टी लोप्चन रु ५००० सोभा थापा मगर्ने रामेछाप बाट नगद ८८२० सजिना लामा सिन्धुपाल्चोक ज्यामिरेबाट ६२६८ करन बम ठकुरी कैलाली, १००००,हिक लामिछाने पाल्पा १४०० जिवन मगर ३७००, डोल्मा तामाङ रु ३००० मिलन मगर बाट नगद १०४५० साथै पलपलको साथी करणबाट नगद २३९० रुपैया सहयोग हाल सम्म प्राप्त भएको विरवल बचाउ अभियानले जानकारी दिएको छ ।

उहाँहरुले उपचारमा सहयोग पुर्याउनका लागि अभियानमा समेत सहभागी हुने प्रतिबद्धता जनाएको पीडित विरबलको उपचारमा रेखदेख तथा सहयोगमा खटिनुभएका र प्रियसी म्युजिक प्रालीकी बविता श्रेष्ठ निरन्तर रुपमा लागी रहनुभएको छ  । साथै उनको उपचारमा सहयोग गर्न चाहने ब्याक्तिले पिडितको मोवाइल न ९८०५३०६९४० बा प्रियसी म्युजिकको कार्यलय मा आएर पनि पिडितको लागी आर्थिक सहयोग गर्न सकिने भएको छ । प्रियसी म्युजिक प्रा लि , भरत काम्मु मगर लाई पनि सम्पर्क गर्न सक्नु हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.