Websoft University

सबै दल मिलेर निर्वाचन गराउन राष्ट्रपतिको आह्वान

बिराटनगर असोज ३१ गते । रातो तारा डट कम,
आगामी मंसिर १० र २१ गतेका लागि तय प्रतिनिधिसभा र प्रदेशसभा मुलुकको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलहरुलाई मिलेर निर्वाचन गराउन आह्वान गरेकी छन्।

पछिल्लोपटक राजनीतिक ध्रुवीकरण तीब्र बनेपछि निर्धारित चुनावी मितिलाई लिएर आशंका व्यक्त भइरहेका बेला राष्ट्रपति भण्डारीले निर्वाचनका लागि राष्ट्रिय एकताको आवश्यकता औंल्याएकी हुन्।

यद्यपि उनले निर्वाचनका मुखमा दलहरुबीच भइरहेको गठबन्धनको प्रशंसा गरेको दलका नेताहरुले बताएका छन्।
चुनावको औपचारिक प्रक्रिया शुरु र संसद अन्त्य भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य भनिएका नौ दलसँग सोमबार शीतल निवासमा छलफल गरेकी हुन्।

ती दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुसँग भएको छलफलमा उनले आगामी निर्वाचनहरु राष्ट्र निर्माणका लागि सुनौलो अवसर भएकोले सबै दल मिलेर उक्त कार्यभार सम्पन्न गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.