Websoft University

वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्छ : अध्यक्ष ओली

काठमाडाै, कार्तिक १ गते । रातो तारा डट कम,
नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो– “मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ ।”

अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताउँदै “वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्, उनीहरु एक भए पनि वामपन्थी एकतामा कुनै असर पर्दैैन,” भन्नुभयो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– “ सो निर्वाचनपछि संघ र प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्छ ।”

अध्यक्ष ओलीले एमालेले मुलुकमा शान्ति र समृद्धि चाहेको छ भन्दै सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताउनुभयो ।

सो अवसरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताउँदै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली काँग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.