रबिन्द्र बराल रंगेली ,माेरङ असाेज २८ गते । रातो तारा डट कम,माेरङ पथरीशनिश्चरेकाे पशुपति सामुदायिक वन उपभाेक्ता समूहले अाफ्नाे साताै साधारणा सभा सम्पन्न गरेकाे छ । सभाकाे उद्घघाटन प्रमुख अतिथी सामुदायीक बन महा संघ माेरङका अध्यक्ष अग्नि पाैडे्ल तथा विशिष्ट अतिथी सेक्टर बन कार्यलय मंगलबारेका प्रमुख तारणि प्रसाद चाैधरीले गर्नु भयाे ।
समुहले साधारण सभाकाे अवसरमा अाफ्ना ११ वटा टाेलका वृद्धि वृद्घा, अपाङ्ग र सरकारी बिध्यालयका गरिव तथा जेहेन्दार बिध्याथीलाई नगद सहित सम्मान गरेकाे छ । समुहले याे बर्ष उपभाेक्ताहरुमा सिलाई बुनाई तालिम, भ्रमण, उपचार खर्च, सहयाेग, बाटाे पुल निर्माण गरेकाे छ ।
उपभाेक्ता समुहकाे यस बर्षकाे अाम्दानि ५२ लाख ५० हजार ९ सय ५९ छ भने खर्च भने समसहले त्यतिनै बराबरकाे विभिन्न शिर्सकमा खर्च सार्वजनिक गरेकाे छ । सभा समुहका अध्यक्ष इश्वर चाैहानकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
Post a Comment