Websoft University

ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरे:पुटिन


काठमाडौ, असोज २८ गते । रातोडतारा डट कम,
उत्तर कोरिया र अमेरिकाबीचको तनाबबारे धारणा राख्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो गतिविधिले विश्वमा तेस्रो विश्व युद्वलाई निमन्त्रणा गरेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्वका लागि आगो बालिरहेको आरोप उत्तर कोरियाली सञ्चार माध्यमले लगाइरहेका बेला रसियाको यो भनाइ आएको हो।

संयुक्त राष्ट्रसंघको बैठकका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका कारण अमेरिकालगायत आफ्ना गठबन्धन राष्ट्रहरूमा कुनै समस्या आए उत्तर कोरियालाई पूर्ण रूपमा ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए ।

यसबारे जवाफ दिँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइलाई भुकिरहेको कुकुरको संज्ञा दिएका थिए। अमेरिकाका कारण सम्पूर्ण विश्वले दुःख पाउने स्थिति आउनसक्ने उत्तर कोरियाले बताएको थियो।

केही दिन अगाडि मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको वर्षौदेखिको वार्ता नतिजामुखी नभएको भन्दै उत्तर कोरियामाथि आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग वार्ता थालेको करिब २५ वर्षको अवधिमा कुनै पनि नतिजा नआएको भन्दै उत्तर कोरियामाथि एउटै उपाय मात्रै काम गर्न सक्ने बताएका थिए।

उत्तर कोरियाली नेता किमले भने अर्को परमाणु हतियारको परीक्षणका लागि तयारी गर्नका लागि आफ्ना सेनाहरूलाई निर्देशन दिएको उल्लेख गरेका छन्। एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.