काठमाडौ-कालीकोट,असोज २८ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ ।
बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गरेको छ ।
त्यसैगरी प्रदेशका लागि प्रदेश नं १ बाट धनजित शाही, अनन्त विक, गणेशबहादुर शाही, खेमबहादुर सिंहलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही, राजकुमारी सिंहलाई सिफारिश गरेको नेकपा (माओवादी) का सरोज बोगटीले बताउनुभयो ।
त्यसैगरी प्रदेश नं २ बाट जीवनबहादुर बुढा, प्रकाश रोकाया र विष्णु विकलाई सिफारिश गरेको छ ।
यसअघि नेकपा (एमाले) नेपाली काँग्रेस, राप्रपा र राप्रपा (लोकतान्त्रिक,) राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले पनि उम्मेदवारको टुंगो लगाइसकेका छन् ।
Post a Comment