Websoft University

जिल्ला समन्वय समितिले १० जना भन्दा बढी कर्मचारी राख्न नपाउने


काठमाडौं, भदौ २८ गते । रातो तारा डट कम,जिल्ला समन्वय समितिमा अब बढीमा १० जना मात्रै कर्मचारी रहनेछन्। यसअघिको जिल्ला विकास समिति संघीयता कार्यान्वयनसँगै जिल्ला समन्वय समितिमा रूपान्तरित भएको थियो।

अब जिल्ला समन्वय समितिको खासै महत्वपूर्ण भूमिका र जिम्मेवारी नहुने भएकाले सरकारले समितिमा बढीमा १० जना मात्र कर्मचारी राख्ने भएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका सबै समितिलाई पत्राचार गरी १० जनाभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अब जिल्ला समन्वय समितिमा एलडीओको नेतृत्वमा बढीमा १० जना कर्मचारी राख्ने निर्णय गरिएको जानकारी दिए। ‘देशभरका सबै समितिलाई आवश्यकताअनुसार १० जना कर्मचारी राखेर बाँकी सबै कर्मचारीलाई नगरपालिका तथा गाउँपालिकामा पठाउन पत्राचार गरिसकेका छौं', सचिव थपलियाले भने।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.