विराटनगर,भदौं २५ गते । रातो तारा डट कम, महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर आजअपराह्न चालु आर्थिक बर्षका लागि रु ३ अर्बभन्दा बढीको परिषद्ले पास बजेट सार्वजनिक गरेकोछन ।
आव ०७४/०७५का लागि महानगरपालिकातर्फ रु एक अर्ब ७४ करोड ८९ लाख २१ हजार,मझौंला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना,क्षेत्रीय विकास परियोजना तर्फ रु एक अर्ब ६४ करोड गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित आय व्ययको बजेट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नुभएको हो ।
उहाँले ‘सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालिन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्य बजेटको रहेको बताउनुभयो।
आज सार्वजनिक गरिएको बजेटमा समानुपातिक र संस्थागत विद्यालयहरुको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक-एक सामुदायिक विद्यालय र मदरशा गरी तीनवटा विद्यालयमा रु ५० लाखका दरले रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको जनाएका छन ।
त्यसैगरी,‘छोरी बचाउ अभियान’अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई रु तीन हजार, ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप रु एक हजार दिने बजेटमा समावेश गरिएको
छ ।
यसका साथै,निर्माणमा सहजताका लागि आफ्नो स्वामित्वको रोलर र ग्रेडर खरिद गर्न रु दुई करोड,नहरलाई बाइपासको रुपमा विकास गर्न रु एक करोड, बहुउद्देशीय पार्क निर्माण गर्न, वडा नं–३ को घोघापैनी निर्माण गर्न रु एक-एक करोड र स्लाब हाल्न १५ वटा वडालाई रु २०-२० लाखका दरले बजेट विनियोजन गरिएको जनाएको छ ।
त्यसैगरी,एतिहासिक विराटराजा दरवार क्षेत्रका लागि रु ४० लाख र एकीकृत बस्ती विकास परियोजना, सञ्चालन गरी सुकुम्वासी तथा खोला छेऊका घरपरिवारलाई व्यवस्थापन गर्ने, रिङरोड बाइपास सडक, पत्रपत्रिको सुबिधा बृद्धि अनलाइन लगाएका सन्चार माध्यम थप लगाएतका धेरै बजेटमा समाबेश भएकाछन । यो बाहेक धेरै कुरा खानेपानी सफाइ रोजगार लगायतका धेरै योजनाहरु सार्वजनिक गरिएकोछ।
अष्ट्रेलियामा बस्ने नेपालीका तर्फबाट दिनेश राज सुवेदीले बाढी पीडितलाई सहयो सरूप २ लाखको चेक मेयर लाई हस्तान्तरण गर्नुभयो।
Post a Comment