Websoft University

नवोदित गीतकार श्रीमान खजुम आधुनिक गीत लिएर आउदै

युवराज ठकुरी,सिंहदेवी,मोरङ भदौ ३१ गते ।
रातो तारा डट कम,चौविसे गाउँपालिका धनकुटा बसन्तटारलाई कर्मथलो बनाएर पत्रकारिता र साहित्यमा निकै समय लागिपरेका श्रीमान खजुम पहिलो आधुनिक गीत लिएर साङ्गितिक बजारमा आउने भएका छ्न।

ग्रामीण ठाउँमा बसेर गाउँघरका गतिविधिहरु,साहित्यिक खुराकहरु यात्रा द्वैमासिक पत्रिकामार्फत सार्वजनिक गर्दै आफ्नो पहिचान पत्रिका सम्पादक र गजलकारका रुपमा कायम गरेका श्रीमान अब भने गीतकारका रुपमा देखा पर्न लागेका हुन।

गाउँघरमा बसेर पत्रिका प्रकाशन गर्दै साहित्य सृजना गर्दै नेपाली साहित्यमा योगदान पुर्याउने उनको चाहना पारिवारिक समस्याले पूरा नभएपछि उनी मलेसियालाई कर्मथलो बनाउन बाध्य भएपनि सृजना यात्रालाई विश्राम दिन नसकेपछि प्रवासमै बसेर गीत रचनालाई स्रोता माझ ल्याउन चाहेको खजुम बताउछन् ।

 गायक:- मिठा मिठा सपनाहरू ढलेपछि
राेकिन्छ जिन्दगी । रहरहरू धेरै थिए,सधैलाई बन्धकी
गायिका :- रूखका पात जस्तै झर्दाे रहेछ
जिन्दगी ।

यो गीत नेपाली साङ्गितिक आकाशमा स्थापित गायिका श्रीयासी चेम्जोङ र नवोदित गायक गोबिन्द चेम्जोङले स्वर दिएका छन भने सङ्गीत दीप घतानी ले दिएका छ्न।

आफनै लगानीमा तयार भएको गीतको म्युजिक भिडियो पनि तयार गर्ने सुरमा छ्न गीतकार श्रीमान खजुम।म्युजिक भिडियोमा राजेश लिम्बू र पुनम लिम्बूले अभिनय गर्ने गीतकार खजुमले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.