विराटनगर, भदौ ३१ गते । रातो तारा डट कम,
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी सरकारबाट कुनै अपेक्षा गर्न नसकिने बताउनु भएको छ ।
भ्रष्टाचार,अनियमिता,स्वच्छचारिता मा सरकारले रेकर्ड कायम गरेको बताउनुभयो । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार नै भ्रष्टाचारी भएपछि राज्यका कुनै अंग र निकायले प्रभावकारी ढंगले काम गर्न नसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो,‘ काँग्रेस—माओवादी गठबन्धनको उद्देश्य फरक भएकाले सर्वसाधारणले यस सरकारवाट कुनै पनि आस नगर्दा हुन्छ ।’ प्रधानमन्त्री देउवा नेतृत्वको सरकार देश वनाउन निर्माण नभएको समेत उहाँको दावी छ ।
देश बनाउन निर्माण भएको सरकार भए जनताले महसुस गर्ने खालको काम गर्नु पर्ने त्यस्तो देखिएन अध्यक्ष ओलीले भन्नुभयो,‘ वर्तमान सरकारको रुपरेखा र उद्देश्य अन्यत्रवाटै तयार भएको हो ।’ अध्यक्ष ओलीले निर्वाचन आयोग रबर र काठको स्टाम्प जस्तै भएको बताउनु भयो ।
२ नम्बर प्रदेशका निर्वाचन आयोगेको कमजोर उपस्थितिबारे टिप्पणी गर्दै भन्नुभयोे,‘आयोग रबर वा काठको जेको स्टाम्प भएपनि भने जसरी काम गर्न सकेको छैन ।’ चुनावमा पर्यवेक्षणमा खटिने स्वतन्त्र संघसंस्थाका प्रतिनिधिको काम पनि स्वतन्त्र हुन नसेको ओलीको टिप्पणी थियो ।
उहाँले देखावटी रुपमा मात्र यस्ता संस्थाका प्रतिनिधि परिचालन भएको आरोप लगाउनुभयो । ओलीले सर्वाेच्च अदालतमा भएको पछिल्लो पटकको सरुवा पनि निर्वाचन आचारसंहिता विपरीत भएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘अहिले नै त्यत्रो सरुवा किन गर्नु परेको ?’ ओलीले सरकारको काम कार्वाही आलोचना गर्नेबाहेक अरु केही पनि हुन नसकेको बताउनुभयो ।
सुनसरीको दुहबी नगरपालिकामा पार्टी प्रवेश तथा इटहरी उपमहानगरपालिकाको नगर परिषद भेला उद्घाटन कार्यक्रममा सहभागी हुन उहाँ पुर्व आउनु भएको हो ।
Post a Comment