Websoft University

भारतसँग कृषिजन्य वस्तु व्यापारमा रू ११ अर्ब भन्दा बढी यो वर्ष घाटा


विराटनगर, असोज १३ गते । रातो तारा डट कम, विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।

यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.