फिदिम भदौ,२८ गते। रातो तारा डट कम,
पाँचथर सदरमुकाम फिदिम बजारमा सञ्चलन भइरहेका रहेका अधिकांस मासु पसल अव्यवस्थित र दर्ता विना संचालनमा रहको पाइएको छ ।वजार अनुगमन समिति पाँचथरले मंगलवार र वुधवार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।
अनुगमनका क्रममा अधिकांश पसलमा दर्ता, वोर्ड र मुल्यसूची राखेको नभेटिएको अनुगमन टोलीले जनाएको छ ।
फिदिम १ भानुमार्गको सलमान फ्रेस हाउसमा अनुगमन टोली पुग्दा पसलमा झिंगा भन्किरहेका थिए भने फोहोरहो डंगुर यत्र तत्र थियो ।
मासु काट्ने अचानोमा झिंगाले भरिएको थियो, फोहोर राख्ने बोरा त्यतिकै थियो । अन्य मासु पसलको पनि हाल पनि उस्तै थियो । फिदिम १ स्थित लखन मार्गमा रहेको मासु पसलहरुमा खुला,फोहोरै फोहोर र कम गुणस्तरका मासु पसल पसल सञ्चालन भएको पाइएअनुगमन टोलीका संयोजक तथा सहायक प्रमूख जिल्ला अधिकारी कृष्णवहादुर बस्नेतले जानकारी दिनुभयो ।
मापदण्ड विपरित भेटिएका पसलहरुलाई सरसफाइ र गुणस्तर सुधार गर्न समय दिइएको छ । समय सिमा भित्र पसललाई सुधार नगरे कार्वा्हि गर्ने बस्नेतले बताउनुभयो ।
फिदिममा ३५ वटा मासुपसलहरु भेटिएपनि पशु सेवा कार्यालय पाँचथरमा १३ वटा पसलहरु मात्र दर्ता भएका छन् । अन्य २२ वटा पसल दर्ता नभएको पाइएको हो ।
मंगल र बुधवार टोलीले १५ वटा पसलमा अनुगमन गरेको थियो ।
अधिकांश वंगुर र राँगाको मासु विक्रि वितरण गर्ने पसलहरु अव्यवस्थित भएको भन्दै ती पसलहरुलाई उचित व्यवस्थापनका लागी समय सिमा दिएको पशु चिकित्सक डा. भरत शाहले बताए ।
सदरमुकामका २ वटा मासु पसलहरु पूर्वाञ्चल फ्रेस हाउस र काका फ्रेस हाउस भने मापदण्ड अनुसार नै रहेको अनुगमन टोलीले जनाएको छ ।
Post a Comment