Websoft University

बिचौलिया हरूलाइ कार्यलय प्रबेसमा रोक



पोखरा, भदौ ३१ गते । रातो तारा डट कम,
जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ ।

कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिनुभयो । कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था गरेको तथा स्थानीय तह र अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदनसमेत लेख्न नपर्ने सजिलो व्यवस्था गरिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

बिचौलिया र लेखापढी व्यवसायीले निवेदन लेख्न भन्दै सेवाग्राहीसँग बढी पैसा असुल्ने र अनेकाँै दुःख दिने गरेकाले यस्तो व्यवस्था गरिएको जिप्रकाले जनाएको छ । सो व्यवस्था मालपोत र यातायात व्यवस्था कार्यालयमा पनि छिट्टै लागू गर्ने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.