Websoft University

पार्कमा राखिएको उम्मेदवारको गाडीमा आगजनी


सिरहा, भदौ ३१ गते । रातो तारा डट कम,
सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाएका छन्। गोलबजार नगरपालिका–७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको बीआर १ एफ १६०५ नम्बरको स्करपियो गाडीमा पेट्रोल छर्केर आगो लागाएको प्रहरीले जनाएको छ ।

आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको प्रचारप्रसारको लागि ल्याएको गाडी पूर्व पश्चिम लोकमार्गसँगै रहेको चोहर्वामा राखिएको अवस्थामा राति ९ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.