Websoft University

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अनुरोध


बिराटनगर,भाद्र ११ गते । रातो तारा डट कम,
मिति २०७४/ ५ /११ गते ।
 दसोै पटक प्रकासित सूचना

अविरल वर्षा संगै आएको बाढी पैरोपछि फैलन सक्ने झाडापखाला,हैजा आउरगत, टाईफईट, ए, ई, र मलेरिया,लगायत सरुवारोगहरुबाट बच्नका लागि निम्न उपायहरु अपनाउन सम्वन्धित सबैमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरंङको अनुरोध ।
बाढीपैरो पछि खानेपानीका सबै मुहान प्रदुषित हुन सक्ने हुँदा क्लोरिन झोल वा गिलसिरिन पाउण्डर हालि सुद्घिकरण गरौ र खानेपानी लाई राम्ररी उमालेर वा क्लोरिन झोल वा ट्याबलेटको प्रयोग गरि सुद्घिकरण गरि मात्र पिउने गरौ ।

खानेपानी लाई सफा भांडामा छोपेर राखौ । चर्पीमा मात्र दिशा गरौ ।

बच्चाको दिशा चर्पीमा मात्र फालौ, दिशा गरे पछि वा फोर चलाए पछि, र खाना खानु र खुवाउनु अगि राम्ररी हात धुने बानि गरौ ।

बिरामीको हेरचाह गरिसकेपछि साबुन पानीले राम्ररी हात धोऔ ।

नवजात शिशु बच्चा गर्भवति तथा सुत्केरी महिलाको बिशेष ख्याल गरौ ।

 गाई भैसिको दुध राम्ररी उमालेर  र खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं ।

वासि सडेगलेका खाना,मरेका माछा,घोघीं,पशुपन्छिको मासु,नखाऔं र मरेका पशुपछिहरुलाई सुरक्षित व्यास्थापन गरौ ।

सकभर काचो कुरा नखाऔं, र खानैपरे सफापानीले राम्ररी पखालेर मात्र खाऔं ।

आमाको दुध खाईरहेको शिशुलाई निरन्तर रुपमा आमाको दुध खुऔं ।

लमखुट्टेको टोकाईबाट बच्चन झुलको प्रयोग गरौ ।

कुनै पनि स्वास्थ्य सम्बन्धि सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.