Websoft University

केपी ओलीले चीनमा नेपाल र नेपालीका हितमा कुरा राखे



काठमाडौ,साउन १५ गते । रातो तारा डट कम,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म व्यापारिक नाका खुला गर्न चीन सरकारलाई आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा चीन सरकारका प्रतिनिधि र चिनिया कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरुसँग यस्तो आग्रह गरेका हुन ।

स्रोतका अनुसार एमालेका अध्यक्ष ओलीले चिनिया कम्युनिष्ट पार्टीको सात सदस्यीय स्थायी समिति सदस्य मध्ये एक बरिष्ठ नेतासँग ल्हासामा भेट गरेका थिए । एक साता लामो तिब्बत यात्रा पूरा गरेर फर्किएपछि आफनै निवास बालकोटमा आइतवार बसेको एमाले स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोवर भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टी र चीन सरकारका प्रतिनिधिहरुसँग भेटघाटका क्रममा भएका बिषयवस्तुहरुको बारेमा बैठकलाई जानकारी गराएको सचिव योगेश भट्टराई बताए ।

भेटमा नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरु खुला गर्न अध्यक्ष ओलीले चीन सरकारका प्रतिनिधिहरुको ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए । ‘नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष कमरेडले चिनिया प्रतिनिधिहरूको ध्यानाकर्षण गर्नुभयो’ बैठककपछि भट्टराईले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

भेटका क्रममा अध्यक्ष ओलीले भुकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुन सञ्चालनमा ल्याउन चिनिया सरकारको ध्यानाकर्षण गराएको भट्टराईले जानकराी दिए । ‘त्यस सन्दर्भमा चीन सरकारको सकारात्मक सोंच रहेको कुरा अध्यक्षलाई जानकारी गराउनुभएको थियो’ चीन सरकारका प्रतिनिधिसँगको प्रतिक्रिया उघृत गर्दै भट्टराईले
भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.