Websoft University

पत्रकार उपचार कोषमा रु २७ लाखभन्दा बढी जुट्यो

झापा-भद्रपुर,साउन ५ गते । रातो तारा डट कम,समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औँ जन्मजयन्तीको अवसर पारी उनका छोरा बुहारी राजकुमार पोखरेल र मीना पोखरेलले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख १०१ प्रदान गरेका छन् ।

पोखरेल दम्पतीले आमा कृष्णकुमारीको स्मृतिमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एवं पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई हालै सो रकम प्रदान गरेको हो ।

रकम हस्तान्तरण समारोहमा कृष्णकुमारी आफ्नो मात्रै माता नभएर बिर्तामोडवासीकै अभिभावक र माताको रुपमा भूमिका निर्वाह गरेको राजकुमारले स्मरण गराउनुभयो ।

महासंघका अध्यक्ष सापकोटाले कोषमा सहयोग गरेकोमा पोखरेल परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

यसैगरी, बिर्तामोड–५ स्थित साहित्य चौतारी झापाले पत्रकार सहारा उपचार कोषलाई रु ५५ हजार ५५५ प्रदान गर्ने घोषणा गरेको छ ।

महासंघले रु एक करोड पु¥याउने लक्ष्यका साथ स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हालसम्म रु २७ लाखभन्दा बढी जम्मा भइसकेको कोषका संयोजक गिरीले जानकारी दिनुभयो 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.